काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना भएको छ । मंगलबार दिउँसो सिन्धुलीको अमारे जाँदै गरेको बस भिरपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बसमा सवार कम्तिमा ११/१२ जना यात्रु घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ । बसको ब्रेक फेल भएपछि केही यात्रु आफैं हाम फालेको स्थानीयले जानकारी दिएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।
बाढी-पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं-चरिकोट-मन्थली-सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ ।
आज बिहान पनि काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको थियो । रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना१ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका थिए । सुमोमा ११ जना यात्रु थिए ।