सिंहदरबारमा सीसीएमसीको बैठक बस्दै

कोरोना भाइरस संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक अपरान्ह ४ बजे बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार सिंहदरबारमा बस्ने भएको हो । पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको छ । बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री देउवासँग गृहमन्त्री बालकृष्ण खाँण कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । संक्रमितको संख्यामा कमि आएपछि देशभर लागु निषेधाज्ञा केही समयअघि खुकुलो पारिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार