ललितपुरमा आजबाट ४५ वर्ष माथिका लाई भेरोसेल खोप लगाइँदै

ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम आजबाट सुरु हुने भएको छ । महानगरले एक सूचना जारी गर्दै ४५ वर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप दिन थालेको बताएको हो ।

खोप कार्यक्रमा साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुँने छ । साथै साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुँन गइरहेको र सोको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार