विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पु-याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसङ्घले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा फेसबुकमा लेख्दा अनेरास्ववियु र नेविसंघको झगडा परेपछि उप्रेती  गम्भिर घाइते भएका थिए ।

नेविसंघ पब्लिक युथ क्याम्पस ईकाई कमिटीका सदस्य तथा विद्यार्थी नेता उप्रेतीले आफ्नो फेसबुक स्टाटसमा एमाले अध्यक्ष केपी ओलीबारे नराम्रो कमेन्ट गरेको भन्दै अनेरास्ववियुका नेता निराजन शाही र उनीवीच बिहान करिब १० बजेको समयमा झगडा भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार