टीभीएसको ‘महा एक्सचेन्ज मेला’ : सवारी साधन अपग्रेड गर्ने सुनौलो मौका

दशैंको अवसरमा टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ आयोजना गरेको छ ।

मेलामार्फत ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजान सक्ने कम्पनीले जानकारी दिएको छ ।

असोज १५ देखि २० गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरहरूको फाइदा लिन सक्नेछन् ।

उक्त मेलामा ग्राहकहरूले वृहत् सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीको दाबी छ ।

विशेष दशैं अफरहरू
​​​दशैंलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्तालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको व्यवस्था पनि गरेको छ ।

पूर्व–खरिद अफरहरू : दशैंका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि रु ५,००,००० सम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।

त्यसैगरी खरिद गर्दा रु १०,००,००० सम्मको छुट पाउने अवसर र साप्ताहिक क्यास ब्याक अफर अन्तर्गत हरेक सातो १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरपनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

​उच्चतम मूल्याङ्कनको ग्यारेन्टी : मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् ।

यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

ग्यारेन्रन्टर बिना सजिलो वित्तीय सुविधा : वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ रु मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

टेस्ट राइड र निश्चित उपहार : मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने छ ।

छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआई सुविधा : मेलामार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत प्रतिशत ईएमआई को सुविधा उपलब्ध गराउने छ ।

निःशुल्क सामग्री: एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् ।

आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार