हुम्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

हुम्लामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका-३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

दसैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा बिहान ८ बजे माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरुको ताजाँकोट गाउँपालिका-३ को रामा गाउँको अउल भन्ने स्थानमा घर पोत्ने कमेरो माटो खन्ने बेला ढिस्कोले च्यापिएर मृत्यु भएको जिप्रका हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

घटनामा अर्का एक जना समान्य घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार