मैलुङ खोला जलविद्युत कम्पनीको सेयर खुलेको छ । बुधबारबाट १८ गतेसम्म आवेदन दिन पाइने सो कम्पनीको न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
रसुवामा सञ्चालित ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाले २०७१ असार १९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । सो आयोजनाले सर्वसाधारका लागि छुट्याएको साधारण सेयर आवेदन खुला भएको हो ।
सय रुपैयाँ अंकित ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्य २ प्रतिशत अर्थात १४ हजार ७ सउ २६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सर्वसाधारणले छिटोमा साउन १८ गतेसम्म र ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
यो कम्पनीले ३ वर्षदेखि बोर्डको स्वीकृति पर्खिरहेको थियो । कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियो ।