प्रभु बैंकका ग्राहकलाई चितवनको भरतपुर महानगरपालिका(१० स्थित कलेज अफ मेडिकल साइन्सले आफ्ना सेवाहरुमा छुट दिने भएको छ ।
दुई पक्षबीच असोज १३ गते भएको सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्स (सीओएमएस)बाट प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएवापत विशेष छुट पाउने भएका छन् ।
सीओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत बैंकका ग्राहकलाई २०% सम्मको छुट हुनेछ ।
यसका लागि बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीबाट बिल भुक्तानी गर्नुपर्नेछ ।
सम्झौतामा प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सीओएमएसको तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । तर यो सुविधा प्राप्त गर्न प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।