सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । बिहीबार बिहान ८.३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् ।
सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्न मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो ।