साढे ३ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले छाड्यो बालेनका समर्थक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको जानकारी दिए । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।

वसन्तपुर क्षेत्रमा मंगलबार भएको इन्द्रजात्रा हेर्न केही युवाहरू मेयर शाहको फोटोसहितको टिसर्ट लगाएर पुगेका थिए । स्थानीय बासिन्दासँग विवाद भएको भन्दै प्रहरीले १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

इन्द्रजात्राको सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार