राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।
निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालको मत पाएकी दाहाल सभापतिमा निर्वाचित भएकी हुन् ।
सोमबार भएको निर्वाचनमा एमालेकी तुलसा र एकीकृत समाजवादीकी जयन्ती राई उम्मेदवार थिए । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेका हुन् ।