सत्तारूढ गठबन्धनको बैठक बस्दै

आज सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक  बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्ने भएका हुन्। बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

यसअघि शनिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए । सर्वोच्च अदालतले फैसला गरेपछि आफू गठबन्धनमा नरहने उनले बताएका थिए । एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार