उपसभामुख हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ, उठेका प्रश्नमाथि रास्वपा र रानाले स्पष्ट पार्नुपर्छ: एमाले

सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकमा यसबारे कुरा उठेको र अहिले नै के गर्ने भन्ने स्पष्ट भइनसकेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘जसरी बाहिर आएको छ । त्यसरी के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौँ । यो संसद्को मामिलिाको कुरा हो । संसद्लाई कसरी मर्यादित बनाउने भन्ने काममा संसदीय दल र पार्टीले गर्ने कुरामा पार्टीको पूर्ण समर्थन रहन्छ,’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले उपसभामुखमाथि प्रश्न उठेकाले रास्वपा र स्वयमले स्पष्ट पार्नुपर्ने पनि बताएका छन् ।

उनले भने, ‘उपसभामुख इन्दिरा रानामगरको विषयमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नहरुको बारेमा उहाँको पार्टी र उहाँ स्वयम् आफैं स्पष्ट गर्नुपर्छ । वास्तवमा उहाँका विषयमा जे कुरा उठेका छन्, त्यो सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने कुरा स्पष्टै छ । यद्यपि अहिले जसरी बाहिर चर्चामा आएको छ, त्यो विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार