६५ लाख नगदसहित पलेसालाई सरकारले गर्‍यो सम्मान

पेरिस पारा ओलम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डिजिटल माध्यम मार्फत खातामा रकम जम्मा गराएको जानकारी दिएका थिए ।

त्यस्तै, खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।

प्रधानमन्त्री ओलीले पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गरे । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो ।

पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार