नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एम्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने भएको छ ।
भदौ २९ गते केई शोरुम थापाथली र ३० गते नक्सालको भाटभटेनीस्थित केई शोरुममा गई केईको इलेक्ट्रिक एसयूभ एक्स३ प्रो इभी, इलेक्ट्रीक ह्याचब्याक ई क्वेट ०४ र र ई क्वेट इ२ टेस्टको ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको कम्पनीले जनाएको छ । सहभागीमध्ये एकजना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको मिक्चर ग्रान्डर प्राप्त गर्नेछन् ।
लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री–वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो । गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ ।
हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसका कलागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौंस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।