भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ ।
निमोनियाजस्तो छातीमा संक्रमण भएपछि उनलाई भदौ १९ गते अस्पताल भर्ना गरिएको थियो । उनको निधन भारतीय समयअनुसार, दिउँसो ३.०५ बजे निधन भएको सञ्चार माध्यमहरूले लेखेका छन् ।
उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।
नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका यचुरी बेलाबखत नेपाल आवातजावत गर्ने नेताहरु मध्येमा पर्छन् । उनी नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आउने गरेका थिए ।