राष्ट्रपति भण्डारीद्धारा दुई प्रदेश प्रमुख पदमुक्त, दुई नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार