प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार आज प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गरेका हुन् ।

सरकारको कामलाई गति दिनका लागि ओलीले आफू नेतृत्वमा सरकार गठन भएको दुई महिनापछि कार्यसम्पादन सम्झौता अगाडि बढाएका हुन् । जनताका समस्या समाधान गर्ने गरी मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव र उच्च अधिकारी पनि सहभागी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार