बालुवाटार छलफल: संवैधानिक निकायका रिक्त सबै पदमा भोलि नै नाम सिफारिस गर्नुपर्नेमा प्रचण्डको जोड

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका रिक्त पदमा चाँडै नमा सिफारिस गर्नुपर्ने बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राखेका हुन् ।

सो भेटवार्तामा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त भयो,’ सचिवालयले भन्यो ।

यसैगरी, अध्यक्ष प्रचण्डले भोलि (शुक्रबार) बस्ने संवैधानिक परिषद् बैठकको तयारीबारे आज प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका सभापति देउवाबिच बालुवाटारमा छलफलको जानकारी दिए । साथै अन्य विषयमा छलफल नभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार अपराह्न बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार