असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको ह्विप

नेपाली कांग्रेसले असोज ३ गतेसम्म काठमाडौं नछोड्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरू यथाशीघ्र काठमाडौं आउन भन्दै संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार ह्विप जारी गरेका हुन्। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्।

उपसभामुख इन्दिरा राना मगरको आचरणमा प्रश्न गर्दै कांग्रेसले पनि उनको राजीनामा मागेको छ। राजीनामा नदिए हटाउने प्रक्रिया सुरू गर्नुपर्ने भएकोले सांसदहरूलाई उपत्यका नछाड्न भनिएको एक सांसदको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए।असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाइदिने भनेर पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र उनीहरूबाट आर्थिक लाभका विषयमा ‘डिल’ भएको भनेर रास्वपाभित्रैबाट सार्वजनिक भए पनि उपसभामुखले भने आफूलाई थाहा नभएर पत्र लेखेको जवाफ दिएकी छन् ।

त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ ।

उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए। नेकपा एमालेले यसअघि मंगलबार नै आफन सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार