एमाले र माओवादीका सांसदहरूबीच संसद्मै भनाभन, बैठक भदौ ३० गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक आगामी भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको अवरोधपछि बैठक सञ्चालन हुन नसकेको हो ।

यसअघि गत भदौ १२ गते संसद्मा सम्बोधन गर्ने क्रममा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंवैधानिक नदेखिएको र रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले घोषणा गरे ।

त्यसलगत्तै प्रतिपक्षी दल माओवादी केन्द्रले गरेको अवरोधका कारण संसद् बैठक स्थगित गर्नुपरेको हो । नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूबीच केहीबेर संसद्मा भनाभनको अवस्था बनेको थियो ।

त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार