राष्ट्रिय सभा अन्तर्गत दुई समिति सभापतिको निर्वाचन ३१ भदौमा

राष्ट्रियसभा अन्तर्गतनका दुई संसदीय समितिको सभापति चयनका गर्न अध्यक्ष नारायण दाहालले निर्वाचन मिति तोकेका छन् ।

विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले भदौ ३१ गते सोमबार १ बजेको मिति तोकेका छन् ।

कार्यतालिका अनुसार भदौ ३० गते आइतबार उम्मेदवारी दर्ता सोही दिन १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भदौ ३१ गते १ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार