पूर्वमुख्यमन्त्री कार्कीलाई अनसनस्थलबाट उठाएर निजी निवासमा छाडियो

प्रहरीले कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट उठाएर उनकै निजी निवासमा छाडेको छ। कार्कीलाई टंकिसिनवारीस्थित उनको निजी निवासमा छाडिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार, प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएका बाँकी १५ जनालाई भने प्रहरी कार्यालयमै राखिएको छ। प्रदेश सभाबाहिर निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले त्यो ठाउँ खाली गराइएको डीएसपी बस्नेतको भनाइ छ।

विराटनगरको देवकोटा चोकबाट नियन्त्रणमा कार्कीलाई नियन्त्रणमा लिएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए। प्रहरी र कार्कीका समर्थकबीच केही समय घम्साघम्सी पनि चलेको थियो।

कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै उनले अनशन सुरु गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार