युसएडसँगको सहकार्यमा ुदेशैभरि वर्षैभरिु अभियानका रुपमा वित्तीय साक्षरता प्रर्द्धन गरी विभिन्न स्थानमा ब्यावसायिक एवं उद्यमशिल सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक(प्रशिक्षण सम्पन्न गरेको छ ।
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वासका साथ बैंकले अभियानमा सर्वसाधारणको विषयगत संवेदनशिलता सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देस विकास गरी नियमित प्रकाशन तथा प्रशारण गरिरहेको छ ।
स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशिल संभावनालाई प्रर्वद्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएको छ ।