लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् । उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कुर्मी नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी भएका थिए । उनी साउन ७ गते मन्त्री भएका थिए ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनीमाथि बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोप छ ।

उनलाई तत्काल हटाउनुपर्ने माग राख्ने बाँकेका केही अभियन्ताहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार