नेपालमा संक्रमितको संख्या बढ्दै, मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यसैबिच मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ५१८पिसिआर परिक्षणका क्रममा २ हजार ७२६ र ४ हजार ८६३ एन्टीजेन परिक्षणका क्रममा १ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ७ सय ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ७८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ३५ लाख ६३ हजार ९७८ वटा पिसिआर र २ लाख ९९ हजार ६२४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार