नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए ।
‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए । प्रक्रिया पुर्याएर सकेसम्मै आजै उपसभामुखविरूद्ध प्रस्ताव दर्ता गर्ने विषयमा सोमबारको बैठकमा सहमति जुटेको थियो ।