नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आज (सोमबार)बाट कामान्ड सम्हाल्दै छन् । प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन् ।
सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।
भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलबाट दज्र्यानी चिह्न प्राप्त गरेर सिग्देलले आज (सोमबार)देखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्ने छन् । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् ।