त्रिभुवन विमानस्थलबाट उड्ना साथ श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइनसको एसएचए १२१ विमानमा समस्या देखिएको हो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
अहिले भने उडान अवतरण सामान्य भएको छ ।