खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले २०८० सालमा प्रकाशित भएका आफूलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरेको थियो ।
संक्षिप्त सूचीमा परेका ५ पुस्तकमध्येबाट प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पुरस्कृत प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
समालोचकका रूपमा चिनिएका कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता मानिन्छन् । प्राध्यापक गौतमका समालोचनात्मक र आख्यानात्मक कृतिहरू प्रकाशित छन् ।
त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेकाले चामलिंगलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले बताएका छन् ।
यी पुरस्कारको राशि जनही ३ लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानले बताएको छ ।