खेलको अन्तिम मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले यूईएफए नेसन्स लिगमा स्कटल्यान्डलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको सातौँ मिनेटमा नै स्कट एमसी टोमीनेको गोलमा स्कटल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा पुनरागमन गर्दै नेसन्स लिगमा जित दर्ता गरेको हो ।
खेलको ५४ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा पोर्चुगल बराबरीमा आएको थियो । खेलको ८८ औँ मिनेटमा रोनाल्डोले गोल फर्काएपछि पोर्चुगलको जित पक्का भएको थियो ।
पोर्चुगलको जितमा रोनाल्डोले आफ्नो करियरको ९ सय १ गोल गरे । यता स्कटल्यान्ड भने इतिहासकै खराब लयबाट गुज्रिरहेको छ । स्कटल्यान्ड पछिल्ला ८ महत्वपूर्ण खेलमा जितविहीन छ ।
गएराति कै समूह ४ को खेलमा स्पेनले स्वीटजरल्यान्डमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो ।
खेलको २० औँ मिनेटमा रोविनले नोर्मान्ड सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो ।