कुमारी बैंकको साना उद्यमी लक्षित क्यूआर मर्चेन्ट ‘फोन लोन’ सुविधा

कुमारी बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकामा साना उद्यमीलाई वित्तीय रुपमा सबल बनाउने उद्देश्यले क्यूआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोन लोन सुविधा सञ्चालन गरिरहेको जनाएको छ ।

योजनाअन्र्तगत उद्यमीले बैंकका जुनसुकै शाखामा आफ्ना व्यवसायको खाता खोली क्यूआरमार्फत प्रतिसाता कम्तीमा दुई व्यावसायिक कारोबार लगातार ४ साता भई मासिक कम्तीमा १० हजार बराबरको कारोबार बैंक खातामा हुँदा उद्यमीले २ लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितोबिनै बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन् ।

यसरी लिएको कर्जा भुक्तानी तरिकासमेत उक्त एपमार्फत नै गर्न सकिने भएकाले व्यावसायी कर्जा लिन तथा तिर्न बैंक जानुपर्ने छैन । यस सुविधाबाट साना उद्यमी सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरुको उद्यमशीलता प्रर्वद्धनमा केही टेवा पुग्ने विश्वास बैंकको छ ।

बैंकले हाल ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार