उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

जसपाको आधिकारिकताबारे निर्णय गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई सनाखतको लागि बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो ।

पक्ष विपक्षमा भएका ५१ जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार