काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

तर होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ ।यस्तै खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न जुलुस जात्रा महोत्सव भोजभतेर आदि गर्न पाइने छैन।  उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार