स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार