धादिङमा १० दिनदेखि बेपत्ता युवतीको शव भेटिएको छ । गाउँपालिका वडा नम्बर ८ पर्वाङस्थितकी २२ वर्षीया सम्झना रोकाको शव आइतबार घर नजिकैको जंगलमा भेटिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
‘बेपत्ता युवती सम्झनाको शव नजिकैको जंगलमा फेला परेको आफन्तबाट मौखिक जाहेरी आएकोले आवश्यक छानबिनका लागि घटनास्थलतिर जाँदैछौुं’, प्रहरी नायव उपरीक्षक खड्काले भने ।
उनी गत साउन १ गते बेपत्ता भएकी थिइन् । आइतबार आफन्तले उनको शव फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।