दाङमा मोटरसाइकल दुर्घटनामा २९ वर्षीय रानाको मृत्यु

दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ ।

लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार