सत्तारुढ गठबन्धनको कार्यदल बैठक ४ बजे बस्दै

गठबन्धन सरकारलाई सघाउन गठित कार्यदलको बैठक आज अपराह्न बस्ने भएको छ ।

अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको बैठकमा सरकारका प्राथमिकताका क्षेत्र निर्धारण र न्यूनतम साझा कार्यक्रमलाई टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

सत्ता साझेदार दलहरूले काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थिए ।

जसमा काँग्रेसबाट संयोजक खड्कासहित नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ र जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार