एमाले कार्यदलमा रहेका नेताहरुसँग सांसदहरुले आज छलफल गर्दै

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् । सिंहदरबारमा दिउँसो एक बजे छलफल हुने सांसद यज्ञराज सुनुवारले बताए । छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।

‘पार्टी एकता जोगाउनेबारे कार्यदलका नेताहरुसँग दुवै तर्फका सांसदहरुले आज छलफल गर्दैछौं । एकता जोगाउन जोगाउन हाम्रो अभियान जारी रहन्छ’, सुनुवारले भने । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिचको विवाद हल गरेर पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह बनाएका छन् ।

यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए । ओली पक्षका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, भपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार