काठमाडौँ – जुपिटर नेपाल बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चुणामणी सुवेदीको अध्यक्षतामा काठमाडौंको कालिमाटीमा शनिबार साधारणसभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष सुवेदीले “अहिंसा मार्फत शान्ति, सहकारी मार्फत संवृद्धि ” भन्ने नाराअनुसार सहकारी सञ्चालन गरिएको जानकारी दिए। सहकारी संस्थाका अध्यक्ष सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।उनले आगमी आर्थिक वर्षमा शेयर, बचत र शेयर सदस्य बृद्घि गरी पुंजी बृद्धि गरिने बताए । अध्यक्ष सुवेदीले अर्गानिक सहकारी पसल, मसला उधोग संचालन गर्न पहल गर्ने बताएका छन् । त्यस्तै व्यक्तित्व विकास, नेतृत्व बिकास र सदस्यहरुका लागि बिभिन्न सिपमूलक लगायतका तालिम संचालन गरिने अध्यक्ष सुवेदीले बताएका छन् ।
साधारण सभाका विशिष्ट अतिथि परिक्षा बोर्डका परिक्षा नियन्त्रक नन्दलाल पौडेलले जुपिटर सहकारी ठिक अवस्थामा रहेको बताए । उनले शेयर पुँजीको अनुपातमा बचत वृद्धि गर्नसमेत सुझाव दिए। त्यस्तै अनउत्पादक क्षेत्रमा लगानी नगर्न पनि उनले सुझाव दिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एंव काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख नमराज ढकालले पछिल्लो समय सहकारीमा बिभिन्न चुनौती देखिएको र यसमा छलफल हुनुपर्ने बताए । उनले सहकारी उत्पादन र उभोक्ता क्षेत्रमा जानुपर्ने बताएका छन् । ऋण र बचतमा मात्रै केन्द्रित हुन नहुने उनको भनाई छ ।
साधारण सभामा उत्कृष्ट बचतकर्ता, सेयर सदस्य र एसईईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रछात्रालाई सम्मान गरिएको थियो।
कार्यक्रममा जुपिटर नेपालका अध्यक्ष चुडामणी सुवेदी, संस्थाका सल्लहाकार दिपक श्रेष्ठ, परिक्षा बोर्डका परिक्षा नियन्त्रक नन्दलाल पौडेल, काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख नमराज ढकाल र सहकारीका सदस्य लगायत सहभागी थिए।
कार्यक्रमको संचालन सहकारीका सचिव रमेश सुवेदीले गरेका थिए । २०७८ मा स्थापित जुपिटर नेपाल बहुउद्देश्यीय सहकारीमा ३८२ जना सदस्य रहेका छन् ।