अमेरिकी डलरको मूल्य घट्यो, पाउन्ड र अस्ट्रेलियन डलरको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आज पनि अमेरिकी डलरको मूल्य केही घट्दा अरु कतिपय विदेशी मुद्रको मूल्य भने बढेको छ । हिजो बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ ।

त्यस्तै आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१पैसा निर्धारण भएको छ ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार