सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान भएको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् ।
मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।
नेकपा एमालेको समर्थनमा गत साता मुख्यमन्त्री नियुक्त भएका उनले सुरुमा नै विश्वासको मत लिएर काम कारबाही अघि बढाउने तयारी गरेका हुन् । कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहलाई नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा तीन दलको सुविधाजनक बहुमत रहेको छ ।