वार्षिक १० अर्ब २३ करोड युनिट विद्युत् खपत, प्रतिव्यक्ति खपत चार सय युनिट

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत्को खपत उल्लेखनीय रूपमा बढेको बताएका छन् ।

शुक्रबार दोस्रो कार्यकाल सुरु गरेको तीन वर्ष पुगेको अवसरमा विद्युत् प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट विद्युत् खपत पुगेको छ ।” 

कार्यकारी निर्देशक घिसिङका अनुसार प्रतिव्यक्ति उर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको छ ।

देशलाई समृद्ध बनाउने अभियानमा सफलता मिलेको उनले दाबी गरे । देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढेको बताए ।

“विद्युतिय सवारी साधनलाई प्रवर्द्धन गर्न प्राधिकरणले आफैँ ६२ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ,” उनले भने । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार