विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई तत्काल नहटाउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

दुई सञ्चालकहरु कपिल आचार्य र भक्तबहादुर पुनलाई मन्त्रालयले सञ्चालक समितिबाट हटाएको थियो । सोविरुद्ध उनीहरु बुधबार सर्वोच्च पुगेका थिए ।

उनीहरुले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हटाउनुको कारण माग्दै कारण देखाउ आदेश समेत दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार