नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी अशोकराज सिग्देलले बुझेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार जंगीअड्डामा आयोजित एक समारोहका बीच सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् । शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । त्यसअघि भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्त्रिपरिषद्को यही साउन १४ गतेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २५ गतेदेखि सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।
नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी शर्माले करिब ४१ वर्ष सेवा गरेका गरेका छन् ।