जापानको दक्षिणी तटीय क्षेत्रमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
समुद्री सतह एक मिटरसम्म बढ्न सक्ने चेतावनी दिइएको छ । त्यसले पश्चिमी आइल्यान्ड क्युशु र शिकोकुमा प्रभाव पार्न सक्ने जनाइएको छ ।
भूकम्पबाट गम्भीर क्षति र कसैलाई चोटपटक भने नलागेको जनाइएको छ ।
यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो ।