ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटल एन्ड रिसोर्टका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका डेबिटरक्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले ल्यान्डमार्कका काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एन्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले हाल ३५४ शाखा, ३८४ एटिएम, २५५ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।