अग्नि सापकोटा विरुद्धको मुद्दामा आज पनि भएन फैसला

पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला फेरि सरेको छ ।

सापकोटा विरुद्धको मुद्दामा संवैधानिक इजलासले बुधबार निर्णय सुनाउने भनी मिति तोकेको थियो । त्यो मिति सारेको हो ।

सर्वोच्च अदालतले ‘निर्णय सुनाउने मिति सरेको’ भनी सूचना राखे पनि अर्को मिति तोकेको छैन । आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

सशस्त्र द्वन्द्वका समयमा घटेको घटनालाई सत्य निरुपण आयोगमार्फत निरुपण गर्ने वा फौजदारी न्यायको प्रक्रिया अघि बढ्ने भन्ने निक्र्योल गर्ने मुद्दा राजनीतिक सहमतिका आधारमा अदालतले केही समय कुर्ने रणनीति बनाएको देखिन्छ ।

संक्रमणकालीन न्यायासम्बनधी विधेयकमा सहमतिको मस्यौदा आजै मात्र शीर्ष नेतालाई हस्तान्तरण भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका छन् । यस्तो बेला सापकोटालाई थुनामा राखेर अनुसन्धान अघि बढाउने आदेश भएमा शान्ति प्रक्रियामा अदालतको असहयोग हुनसक्ने देखेर अदालतले निसु सरेको जनाउ पेसी सूचीमा गराएको छ ।

सापकोटालाई थुनाा राखेर अनुसन्धान गर्ने आदेश भएको भए सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका नाममा हत्या, बलात्कार, अपहरणसहितका मुद्दाका अभियुक्त र आरोपितले उन्मुक्ति पाउने अवस्था अन्त्य हुँदै फौजदारी न्यायको प्रक्रिया सुरु हुने थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार