टीआरसी विधेयकबारे प्रचण्ड– वैधानिक प्रक्रियाबाट यसैपटक टुंग्याइयोस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे निष्कर्षमा पुग्नु सरकारको राम्रो काम भएको बताएका छन् । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउन गठित कार्यदलको प्रतिवेदन बुझाउन बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लामो समयदेखि छलफलमा रही सहमतिमा पुगेर पनि टुंगिन बाँकी रहेको विषयमा निष्कर्षमा पुग्नु खुसीको कुरा भएको बताए । 

पीडितमैत्री बनाउने कोसिस निचोडमा पुगेको बताए । “नयाँ सरकार बनेपछिको राम्रो काम ठान्छु र सरकारलाई धन्यवाद भन्न चाहन्छु,” प्रचण्डले भने । 

आफू प्रधानमन्त्री हुँदा कार्यदलको प्रस्ताव गरिएको बताए । कार्यदलले मेहनत गरेर निष्कर्षमा पुर्‍याएको विषयलाई समिति र संसद्‌बाट यसैपटक टुंग्याउन आग्रह गरे । “यसलाई वैधानिक प्रक्रियाबाट समिति र संसद्‌मा पनि यसैपटक जाओस् । र यसलाई टुंग्याइयोस्,” उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार