डोल्पाको ठुलीभेरी नगरपालिका प्रमुखका डोजरमा आगजनी

डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिएका छन ।

घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उहाँले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए ।
ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाका अनुसार आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको छ ।

स्थानीय ठेकेदार समेत रहेका शाहीका डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ ।

डोजरले केहि समयदेखि ठुलिभेरी नगरपालिका – ५ र ६ जोड्ने सडक निर्माण गरिरहेका थिए ।जुफालबाट माजफाल जोड्ने सडक निर्माण गर्ने क्रमका ती डोजर जलाइका हुन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार